May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

नवजात शिशुको मृत्युपछि अस्पतालमा तोडफोड, १७ पक्राउ

काठमाडौं । सुत्केरी हुन नसकेर राजधानीको कीर्तिपुर अस्पताल भर्ना भएकी सविना सुवेदी थापाले जन्माएको नवजात शिशुको मृत्यु भएपछि उनका आफन्तले कीर्तिपुर अस्पतालमा तोडफोड गरेका छन् । शुक्रबार राति नैकाप बस्ने २५ वर्षीया सबिना सुवेदीको डेलिभरीका लागि अस्पताल भर्ना गरिएको थियो।

Advertisement

पीडितका आफन्तले डाक्टरको लापरवाहीले बच्चाको निधन भएको दावी गरेका छन् ।’हिजो बेलुका आउनु भएको थियो। चिकित्सकहरूले जाँच्दा शिशुको धड्कन पाएनन्। मृत्यु भइसक्यो भन्दा पनि होइन अपरेसन गर्नुपर्छ भन्ने खालका कुरा गरेछन्,’ अस्पताल प्रशासनको भनाइ उद्धृत गर्दै आफन्तले भने’जिद्दी गरेर अपरेसन गर्न लगाए। अपरेसनपछि शिशु मृत जन्मिएपछि तोडफोड गरेका छन्।’

अस्पताल तोडफोड गर्ने १७ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।

पक्राउ गरिएकाहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीको हिरासतमा राखिएको छ ।उनले भने–‘अहिले अस्पताल प्रशासन र पीडित पक्षबीच वार्ता हुन लागेको छ ।’