May 3, 2024, Friday
२१ बैशाख २०८१, शुक्रबार

६ एसएसपी डीआईजीमा बढुवा सिफारिश

काठमाडौँ– सशस्त्र प्रहरीका छ जना एसएसपी डीआईजीमा बढुवा सिफारिश भएका छन् ।

Advertisement

गृहसचिव महेश्वर न्यौपानको अध्यक्षतामा बिहीबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिश गरेको हो । सशस्त्रमा सात जना डीआईजीको दरबन्दी रिक्त रहेको भए पनि हाल ६ जना मात्रै बढुवाका लागि सिफारिस भएका छन्।

सिफारिस हुनेहरुमा एसएसपी कमल गिरी, गणेशबहादुर ठाडामगर, अभिकुमार खत्री, शम्भु सुवेदी, दुर्गाप्रसाद भट्टराई र कुलबहादुर नेम्वाङ रहेका छन्।

सशस्त्रमा पहिलो वरियतामा रहेका एसएसपी खत्रीलाई तेस्रो नम्बर पुर्याइएको छ। सशस्त्रमा नेपाली सेनाबाट सेवा परिवर्तन गरी सशस्त्रमा आएका र सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रहेका नगेन्द्र थापा, राजेन्द्र बस्नेत, कृष्णभक्त ब्रम्हाचार्य, हरिशंकर बुढाथोकी, हरिशचन्द्र अधिकारी र कविन्द्रमान श्रेष्ठले २७ मंसिरबाट अनिवार्य अवकाश पाएका थिय ।

सशस्त्र प्रहरी नियमवाली–२०७२ मा डीआईजी बढुवाका लागि गृह सचिवको अध्यक्षतामा तीन सदस्यीय समिति हुने व्यवस्था छ ।जसमा गृहसचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य र सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)सदस्य सचिव रहन्छन ।