May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

आज राष्ट्रिय मेलमिलाप दिवस, कांग्रेसले ७७ वटै जिल्लामा बिभिन्न कार्यक्रम गरी मनाउदै

काठमाडौं, १६ पुस । आज ४५औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस ।

Advertisement

यसै सन्दर्भमा कांग्रेसले आज ७७ वटै जिल्लामा बिभिन्न कार्यक्रम गरी मेलमिलाप दिवस मनाउदै छ । नेपाली कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागले आज आयोजना गर्न लागेको ‘नेपाली राजनीतिमा मेलमिलापको सान्दर्भिकता’ सम्बन्धी भर्चुअल कार्यक्रमलाई पार्टी सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ ।

विसं २०१७ सालमा तत्कालीन राजा महेन्द्रले पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई बर्खास्त गरेका थिए ।कोइराला सरकारलाई बर्खास्त गर्दै निर्दलीय पञ्चायती व्यवस्था सुरु गरेपछि कोइरालासहितका नेता जेल परेका थिए

जेलमुक्त भएपछि २०२५ सालमा बीपीसहितका कांग्रेस नेता भारत निर्वासित भएका थिए । आठ वर्षको निर्वासनपछि २०३३ साल पुस १६ गते कांग्रेस नेताहरू बीपी, गणेशमान सिंहलगायतका नेताहरू राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किएका थिए ।

तर भारतमा पटकपटक अपमानित समेत हुनुपरेको तथा भारतले आफ्नो अनुकुलमा नेपालको राजनीति अघि बढाउन चाहेको ठहर गर्दै विपी सहितका नेता बरु नेपालमा राजासगै हातेमालो गर्न सकिने तर पराई भूमिमा बस्नु ठीक नहुने निष्कर्ष निकाल्दै भारतबाट त्रिभुवन विमानस्थलमा अवतरण भएका थिए ।

तर विमानस्थलबाटै कांग्रेस नेताहलाई पक्रेर सुन्दरीजल बन्दीगृहमा लगिएको थियो । त्यहि दिनको सम्झनामा पुस १६ गतेलाई मेलमिलाप दिवसका रुपमा मनाउन थालिएको हो ।

यही दिनको सम्झना एवं सम्मानमा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने गरिएको छ ।

राष्ट्रियता, प्रजातन्त्र स्थापना र संरक्षणमा आजीवन सङ्घर्ष गरेका बीपीले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारेको राजनैतिक विचार अहिले पनि उत्तिकै सान्दर्भिक मानिन्छ ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवाद तथा आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’बाट मात्रै सुनिश्चित हुने भन्दै ४५ वर्ष अघि अवलम्बन गरेको नीति अहिले पनि अति सान्दर्भिक रहेको कांग्रेस नेताहरुको भनाइ छ ।

यस वर्षको दिवसमा कांग्रेसले सरकारले गरेको प्रतिनिधिसभा विघटनविरूद्धको कदमबारे जनतालाई सुसुचित गराउँदै मनाउँने जनाएको छ ।