प्रहरीको पोशाक खरिद काण्डमा दुई जना ठेकेदार समातिए

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीयय अनुसन्धान ब्यूरो (सीआइबी) बाट खटिएको प्रहरी टोलीले प्रहरीको पोशाक (पाइन्ट) खरिद प्रकरणमा अनियमितता गरेको देखिएपछि दुई जना ठेकेदारलाई पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा क्राउन टेक्सटाइलका सञ्चालक पिताम्बरकुमार मुन्का र उक्त कम्पनीका प्रतिनिधि नरेन्द्रनाथ पौडेल रहेका छन् ।

मुन्काको कम्पनीले आर्थिक बर्ष ०७३/०७४ सालमा २ करोड १६ लाख ४० हजार बराबरको २० हजार मिटर उलन पाइन्ट खरिदमा फर्जी नमूना पठाएर ठगी गरेको अभियोगमा उनलाई पर्सा र पौडेललाई काठमाडौंबाट आइतबार पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

ब्यूरोका अनुसार मुन्काले प्रहरीका लागि आवश्यक पोशाक (पाइन्ट) एसजीएस चेन्नई भारतबाट खरिद गर्नेगरी नमूना पठाएका थिए ।