प्रदेश २ को स्थायी राजधानी ‘जनकपुरधाम’ दुई तिहाइले स्वीकृत

जनकपुरधाम । प्रदेश २ को स्थायी राजधानी ‘जनकपुरधाम’ प्रदेश सभाबाट दुई तिहाइले स्वीकृत भएको छ । प्रदेश सभामा आज उक्त प्रस्तावमाथि गरिएको मतदानबाट उक्त प्रस्ताव स्वीकृत भएको हो ।

प्रदेश सभामा भएको मतदान पछि सभामुख सरोजकुमार यादवले मतपरिणाम सुनाएका थिए । उनका अनुसार आज भएको मतदानमा उपस्थित भएका ९९ जना सांसदहरू मध्ये ७८ जना सांसदले जनकपुरधामको पक्षमा मतदान गरेका थिए ।

प्रदेश सभामा रहेका कुल १०४ जना सांसद संख्याको दुई तिहाइ मत भएकोले जनकपुरधाम स्थायी राजधानीको रूपमा दुई तिहाइ बहुमतले पारित भएको सभामुख यादवले बताए । जनकपुरधामको प्रस्ताव पारित भएपछि राजधानीको अन्य प्रस्ताव स्वतः अस्वीकृत भएको उनले बताए।

Advertisement