प्रदेश १ बाट राष्ट्रियसभामा एमाले र कांग्रेसका उम्मेदवारको बराबर मत

विराटनगर । प्रदेश १ मा राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्यतर्फका उम्मेदवार नेकपा एमालेका गुरु बराल र सत्तारुढ गठबन्धनका उम्मेदवार गाेपाल बस्नेतले बराबर मत प्राप्त गरेका छन् ।

एमाले उम्मेदवार बराल र नेपाली कांग्रेसका उम्मेदवार बस्नेतले बराबर ४४८८ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ ।

बस्नेतले प्रदेशसभाका ५० र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ११६ मत प्राप्त गरे । बरालले प्रदेशसभाबाट ३८ र स्थानीय तहबाट १४८ मत प्राप्त गरे । अब विजेता चयनका लागि गोला प्रथा गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

राप्रपाका अमरबहादुर थापाले प्रदेशमा २ र स्थानीय तहमा ४ मत प्राप्त गरे । जसकाे मतभार १६८ छ ।

Advertisement