May 7, 2024, Tuesday
२५ बैशाख २०८१, मंगलवार

भोटखोलामा आगलागी हुँदा एकको मृत्यु

सङ्खुवासभाको भोटखोला गाउँपालिका–५ लुङसुङमा कटेरोमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोटखोला–५ का स्थानीयवासी २३ वर्षीय पङ्खामान राई रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो ।

प्रनाउ सुवेदीका अनुसार पङ्खामानसहित पाँच जनाको टोली काठ काट्न जङ्गल गएका थिए । उनका साथीहरु खाद्यान्न लिन गाउँतर्फ गएको बेला कटेरोमा आगलागी भएर राईको शनिबार राति घटनास्थलमै मृत्यु भएको सुवेदीले बताउनुभयो । उनका साथी धीरजमान राई, कमल राई, सूर्य राई र सञ्जीव राई पङ्खामानलाई छोडेर चार जना खाद्यान्न लिनका लागि गाउँतर्फ गएका थिए । उनका साथी फर्किदा पङ्खामानको जलेर मृत्यु भएको अवस्थामा भेटिएको प्रनाउ सुवेदीले बताउनुभयो ।

आगलागी भएर मृत्यु भएको जानकारी पाउने वित्तिकै प्रहरी टोली घटनास्थल पुगेर छानबिन सुरु गरेको उहाँले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement