प्रदेश १ मा एमालेका १० सांसदले रोजे एकीकृत समाजवादी (सूचीसहित)

काठमाडौं । प्रदेश नम्बर १ का नेकपा एमालेका १० जना सांसदले नेकपा (एस) रोजेका छन् । नेकपा एमाले छाड्ने १० जना प्रदेशसभा सदस्य नेकपा एसको पक्षमा सनाखत गर्न प्रदेश निर्वाचन आयोगको कार्यालय विराटनगर पुग्दैछन् ।

Advertisement

आफूहरू १० जना नेकपा एसको पक्षमा उभिएको र अहिले आयोगमा जान लागेको खोटाङबाट निर्वाचित सांसद तथा केन्द्रीय सदस्य राजन राईले ईसञ्चारपाटीलाई बताए ।

प्रदेश १ को प्रदेशसभामा नेकपा एमालेका ५१ जना सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा एमालेका १० जनाले नेकपा एस रोजेसँगै मुख्यमन्त्री भीम आचार्य एक सातामै अल्पमतमा परेका छन् । नेकपा एमाले छाड्ने प्रदेशसभा सदस्यहरु यस प्रकार छन् ।

१. राजेन्द्र राई

२. राजन राई

३. पदमकुमारी गुरुङ

४. सरिता थापा

५. सुनिता चौधरी

६. उपेन्द्र घिमिरे

७. कृष्णकुमारी राई

८. गणेश काङवाङ

९. खिनु लङ्वा लिम्बु

१०. सावित्री रेग्मी