May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

झापा गाउँपालिको एउटा सिंगो गाउँनै एमालेमा प्रवेश

झापा जिल्लाको झापा गाउँपालिका एउटा सिंगो गाउँनै नेकपा एमालेमा प्रवेश गरेको छ ।

Advertisement

नेपाली कांग्रेसले तिसौ वर्ष मुलुकमा शासन गर्दा समेत कुनै परिवर्तन नभएको र प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षमै मुलुकको कायां पलट गरेको हुदा एमाले प्रवेश गरेको नवप्रवेशीहरुले बताए ।झापा गाउँपालिका-२ स्थित वालुवाटारमा वसोवास गर्ने एक हजारभन्दा बढी स्थानीय नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरूले आज बुधबार एक कार्यक्रमको आयोजना गरी सामूहिक हस्ताक्षरसहित नेकपा एमालेमा पार्टी प्रवेश गरेको झापा गाउँपालिका कमिटिका अध्यक्ष गजेन्द्र ताम्लीले बताए। सो गाउँका स्थानीय डिल्ली हेमरम र भैयालाल माझीको नेतृत्वमा २०० घरपरिवारबाट करिव एक हजार जनाभन्दा बढी एमालेमा प्रवेश गरेका छन।

यसअघि नेपाली कांग्रेस र माओवादी केन्द्रमा आवद्ध स्थानीयहरू ‘नेकपा एमाले जिन्दावाद’को नारा लगाउँदै नेकपा एमालेमा प्रवेश गरेको घोषणा गरेका हुन् ।नवप्रवेशीहरुलाई स्वागत गर्दै एमाले नेताहरुले ढिलै भएपनि सही राजनीतिक बाटो पहिल्याएकोमा सम्पूर्ण टोलीवासीलाई स्वागत गर्दै सबैले देशको विकासमा आ-आफ्नो ठाउँबाट योग्दान पुर्‍याउनुपर्ने बताए ।

उनीहरुले नेकपा एमालेको नेतृत्वमा देश समृद्धिको बाटोमा आघि बढेको भन्दै सबै नेकपा एमालेमा एकजुट भएर देश विकासको सपना साकार पार्नेतर्फ लाग्नुपर्ने बताए ।प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष ओलीको नेतृत्वमा देशमा विकास र समृद्धिको सुरुवात भएको भन्दै राष्ट्रियता र विकासको मुद्दा मन परेर एमालेमा प्रवेश गरेको कांग्रेस परित्याग गर्नेहरूले बताएका छन् ।