May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख शेरचनद्वारा शुभकामना

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले विविध जाति, भाषा, संस्कृति र वेषभूषालाई एकीकृत गरी अघि बढेमा मात्र समृद्ध नेपाल र प्रदेशको परिकल्पना पूरा हुनसक्ने बताउनुभएको छ ।

उहाँले नेपालको संविधानले समेत यही भावना र मर्मलाई स्वीकार गर्नाका साथै सबै समुदायको संरक्षण र सम्वद्र्धनका लागि अधिकार प्रदान गरेको उल्लेख गर्नुभएकोे छ ।

प्रदेश प्रमुख शेरचनले बडादसँै, नेपाल संवत्, दीपावली, छठलगायत पर्वका अवसरमा जारी गर्नुभएको शुभकामना सन्देशमा सहअस्तित्व, सहकार्य र भाइचारा सद्भाव हामी सबैको साझा विश्वास रहिआएको र यो रहिरहने उल्लेख छ ।

Advertisement