कर्णाली प्रदेशसभाको नवौं अधिवेशन आह्वान

कर्णाली। कर्णाली प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरिएको छ। प्रदेशसभा सचिवालयले पुस २८ गतेका लागि अधिवेशन आह्वान गरेको हो।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभाको नवौं अधिवेशन आह्वान गर्ने निर्णय भएअनुसार पुस २८ गतेका लागि दिउँसो ३ बजे प्रदेशसभाको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका कानुन अधिकृत मदन खड्काले जानकारी दिए।

उनका अनुसार कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम ३ को उपनियम ३ बमोजिम प्रदेशसभा सदस्यलाई सूचना गरिएको छ। यसअघि मुख्यमन्त्री जीवनबहादुर शाहीको विश्वासको मत लिने प्रयोजनका लागि गत मंसिर १४ बोलाइएको बैठक प्रतिपक्षी दल नेकपा (एमाले) उपस्थिति नभएका कारण यसको मंसिर १४ गते प्रदेशसभा बैठक बसेको थियो।

Advertisement