May 10, 2024, Friday
२८ बैशाख २०८१, शुक्रबार

कांग्रेस गण्डकीको चुनावमा एक हजार १४६ मत खस्यो

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश कार्यसमितिका लागि आज भएको निर्वाचनमा एक हजार १४६ मत खसेको छ ।

Advertisement

प्रदेश अधिवेशनका लागि कूल एक हजार १६५ मतदाता रहेकामा एक हजार १४६ मत खसेको र १९ जना अनुपस्थित भएको निर्वाचन समितिका सदस्य विष्णुकुशल भुजेलले जानकारी दिनुभयो । निर्वाचनमा सभापतिमा शुक्रराज शर्मा र अर्जुनप्रसाद जोशीबीच प्रतिस्पर्धा छ ।

त्यस्तै कार्यसमितिको उपसभापति दुई पदका लागि मेखलाल श्रेष्ठ, नेत्रबहादुर महत, हरिप्रसाद श्रेष्ठ र कल्पना तिवारीले प्रतिस्पर्धा गर्नुभएको छ । महामन्त्री दुई पदका लागि कुमार खड्का, ईश्वर पाण्डे, किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने, सहमहामन्त्री एक जना महिलामा ओमकला गौतम र कोपिला रानाभाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

निर्वाचनको मतगणना पोखरास्थित उद्योग वाणिज्य सङ्घको हलमा सुरु भएको र आइतबार बिहानसम्म सबै पदको नतिजा आउने भुजेलले जानकारी दिनुभयो ।