काठमाडौं उपत्यकामा थप ३ हजार ३४७ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा थप ३३४७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार उपत्यकामा मात्रै थप ३३४७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए।

त्यसमध्ये काठमाडौंमा २५४५, ललितपुरमा ४७४ र भक्तपुरमा ३२८ जना संक्रमित थपिएका हुन्।

Advertisement