काठमाडौं उपत्यकामा थपिए १९१६ संक्रमित

काठमाडौं। काठमाडौं उपत्यकामा १९१६ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा उपत्यकामा १९१६ संक्रमित थपिएका हुन्।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्र १४४९ संक्रमित थपिएका छन्। यस्तै, भक्तपुरमा १५० र ललितपुरमा ३१७ संक्रमित थपिएका मन्त्रालयले जनाएको छ।

देशभर भने ३५५३ जना संक्रमित थपिएका छन्। सोही अवधिमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयका अनुसार आज २७१ जना कोरोनामुक्त भएका छन्।

हाल देशभर १४ हजार ३४० जना सक्रिय संक्रमित छन्। पछिल्ला दिनमा कोरोना संक्रमण बढिरहेको छ।