आन्दोलनरत केएमसीका विद्यार्थीद्वारा प्रदर्शन

काठमाडौं । अतिरिक्त शुल्क मागेको भन्दै काठमाडौँ मेडिकल कलेज (केएमसी) का विद्यार्थी आन्दोलित छन् । बुधबार कलेजका विद्यार्थीहरूले राजधानीमा विरोध प्रदर्शन गरेका हुन् ।

केएमसीले विभिन्न शीर्षकमा विद्यार्थीहरूबाट २० लाख रुपैयाँ अतिरिक्त शुल्क माग गरेको आरोप छ । अतिरिक्त शुल्क माग गरेपछि विद्यार्थीहरूले कलेजमा तालाबन्दीसमेत गरेका छन् ।

कलेजलाई चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क लिएर पढाउन आग्रह गर्दा पनि नमानेको विद्यार्थीहरूको भनाइ छ ।

Advertisement