May 5, 2024, Sunday
२३ बैशाख २०८१, आईतवार

केएमसी र नोबेल मेडिकल कलेजलाई ठगी मुद्दामा कारबाही गर्न माग

काठमाडौं । सत्तारुढ दल निकटका विद्यार्थी संगठनले काठमाडौं मेडिकल कलेज ९केएमसी० र विराटनगरको नोबेल मेडिकल कलेजलाई ठगी मुद्दामा कारबाही गर्न माग गरेका छन् ।

Advertisement

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्रको अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीको अनेरास्ववियु, जनता समाजवादी पार्टीको समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय जनमोर्चाको अखिल छैठौंसहित ८ विद्यार्थी संगठनका प्रतिनिधिले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई भेट गरी केएमसी र नोबेलविरुद्ध ठगी मुद्दा चलाउन माग गरेका हुन् ।केएमसी र नोबेलले विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगले तोकेबमोजिमको शुल्क बुझाउँदा पनि एमबीबीएस, बीडीएस र बीएनएसका सन् २०२१ ब्याचका विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएको विद्यार्थी संगठनहरुले बताएका छन् ।

‘नियम विपरित अतिरिक्त शुल्क लिएका, विद्यार्थीलाई अवैध करारनामा गर्न बाध्य पारेका र चर्को मूल्यमा नियम विपरीत छात्राबासलाई अनिवार्य बनाई विद्यार्थीलाई लुटिरहेका यी मेडिकल कलेजहरुलाई तत्काल ठगी मुद्दामा कारबाही अगाडि बढाउन विशेष माग गर्दछौं’ विद्यार्थी संगठनको ज्ञापनपत्रमा भनिएको छ ।

हेर्नुस् विद्यार्थी संगठनको संयुक्त विज्ञप्ति