काठमाडौंको भद्रकालीमा बस दुर्घटना

काठमाडौं । राजधानी काठमाडौंको भद्रकालीस्थित आकाशेपुल नजिक बा ३ ख ४४३७ नम्बरको बस अनियन्त्रित भई पल्टिँदा तीन जना घाइते भएका छन् ।

Advertisement

महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक प्रमेश विष्टका अनुसार बिहान उक्त दुर्घटना हुँदा घाइते भएकाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको छ। घाइते सबैको पहिचान खुलिनसकेको जनाइएको छ ।

घटनापछि केहीबेर सवारीसाधन आवागमनमा समस्या भए पनि अहिले सञ्चालनमा रहेको विष्टले जानकारी दिए । बसमा तीन जना मात्रै सवार रहेको बुझिएको छ । रासस