एमसिसीबारे अध्ययन गर्न नेकपाले बनायो वरिष्ठ नेता झलनाथ खनाल लाई संयोजक

काठमाडौं- नेकपाले (एमसीसी)बारे सुझाव संकलन गर्न कार्यदल गठन गरेको छ।जारी केन्द्रीय कमिटि बैठकमा नेताहरुले उठाएको प्रश्नको आइतबार जवाफ दिँदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदल गठन गर्ने घोषणा गरेका हुन। कार्यदलमा वरिष्ठ नेता झलनाथ खनाल, भीम रावल र प्रदीप ज्ञवाली छन भने खनाललाई संयोजकको जिम्मेवारी दीइयको उक्त कार्यदललाई अध्यनपछि प्रतिवेदन तयार पार्न १० दिनको म्याद दिएको छ।

केन्द्रीय कार्यसमिति बैठकमा भने बहुसंख्यक नेताहरुले एमसीसी सम्झौता परिमार्जन नगरी पास गर्न नहुने बताएका छन । छिटो पास गर्नुपर्ने र पास नै गर्न नहुने दूबै मत पनि बैठकमा आएको थियो । तर बहुमत–अल्पमतका आधारमा एमसीसीबारे निर्णय गर्न नहुनेमा भने सबै केन्द्रीय सदस्यहरु एक मत थिए ।

Advertisement