भीम रावल भर्सेस लेखराज भट्टः कुकुरको घाँटीमा झुण्डाइयो भट्टको नेमप्लेट

कैलाली । सर्वोच्च अदालतले नेकपा नाम विवादमा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि सुदूरपश्चिममा तनावको माहोल बनेको छ । एमालेमा अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल समूहका कार्यकर्ताबीच धनगढीमा चरम द्वन्द्वको अवस्था सिर्जना भएको छ।

Advertisement

बुधबार ओली समूहले तत्कालीन प्रदेश इन्चार्ज भीम रावल र अध्यक्ष भानुभक्त जोशीको नेमप्लेट हटाएर इन्चार्जमा लेखराज भट्ट तथा प्रदेश अध्यक्षमा कर्ण थापाको नेमप्लेट कार्यकक्षमा टाँगेको थियो।

त्यसक्रममा प्रदेश अध्यक्ष कर्ण थापाले अदालतले नेकपाको विकल्पमा पूर्ववत पार्टीमा फर्कन निर्देशन दिए पनि जिम्मेवारी तत्कालीन अवस्थाजस्तो नहुने बताएका थिए। उनले पार्टीको आधिकारिक जिम्मेवारी आफूलाई नै रहेको दावी गरेका थिए।

तर केही समयमा नै माधव समूहले प्रदेश इन्चार्ज लेखराज भट्टको नेमप्लेट हटाएर कुकुरको घाँटीमा झुण्ड्याइदिएका छन् । उनीहरुे पुनः प्रदेश कार्यालयको कार्यकक्षमा इन्चार्ज भीम रावल र अध्यक्षमा भानुभक्त जोशीको नेम प्लेट टाँगेका छन् ।