May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

अखिल र नेविसंघबीच झडप,आरआर क्याम्पसमा तनाब ग्रस्त

काठमाडौं । रत्न राज्यलक्ष्मी(आरआर) क्याम्पसमा नपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका विद्यार्थी संगठनबीच झडप भएको छ । आसन्न स्ववियु निर्वाचनका विषयमासामान्य विवादमा भनाभन हुँदा दुवै पक्षका विद्यार्थी आक्रमणमा उत्रिएका पछी सोमबार झडप भएको हो ।
विवाद बढ्दै गएपछि प्रहरीले हस्तक्षेप गरेर केही विद्यार्थी नियन्त्रणमा लिएको छ। अहिले आरआर क्याम्पस आसपासमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। पाल विद्यार्थी संघ (नेविसंघ)ले आफ्ना विद्यार्थीहरु आविष्कार पौडेल, कुशल बस्नेत र सुमन खड्कामाथि कुटपिट भएको आरोप लगाएका छ भने पुस्कर बास्तोला, संजीव ढकाल, सुनिल शर्मा, रामजी बस्नेत, उमेश गुरुङ, विपु खड्कालाई नियन्त्रणमा लिएको नेविसंघ बतायको छ। उनीहरुलाई तत्काल रिमाई गर्न नेविसंघले माग गरेको छ ।

Advertisement