May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

खिया लागेका दुई वटा नट र बल्टु फुक्लिनेसाथ पार्टी गतिसाथ अघि बढ्यो: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खिया लागेका दुई वटा नट र बल्टु फुक्लिनेसाथ पार्टी गतिसाथ अघि बढेको बताएका छन्।आफू पक्षीय काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन।

Advertisement

ओलीले खिया लागेका दुई वटा नट र बल्टु फुक्लिनेसाथ पार्टी गतिसाथ अघि बढेको बताएका छन्। सभामा बोल्दै प्रधानमन्त्रीले असली नेकपा आफैं भएको दाबी पनि गरे।अहिले प्रचण्ड-माधव नेपाल असली हुँ भन्दै पेरिसडाँडा गएको भन्दै उनले त्यस्तो प्रश्न गरे।प्रचण्ड–माधव नेपाल पक्ष पदको पछाडि दौडिरहेको आरोप लगाएका छन् । उनले पद चाहिएको भए पार्टी बैठकमा आउन समेत अनुरोध गरे ।

‘हिजो निर्वाचन आयोगले मलाई सोध्यो, जसको घर हो त्यो निवेदन हाल्न जान्छ, जसको जमिन हो मेरो जमिन हो भनिरहन्छ? यो मेरो गाडी हो भनेर निवेदन हाल्न जानुपर्छ?,’ उनले भने, ‘निवेदन हाल्न जानुपर्ने आवश्यकता छैन।’‘हिजो निर्वाचन आयोगबाट प्राप्त गरेँ। उहाँहरूले निवेदन हाल्नुभएको रहेछ हामी सक्कली हो भनेर।

बरमझियाको पेडा पसल हो र सक्कली र नक्कली भन्नलाई?,’ ओलीले भने।उनले पार्टी एकता गरिएपनि काम गर्न नदिएको उल्लेख गर्दै प्रचण्ड–नेपाल आफ्नो बाटो लागेपछि पार्टी राम्ररी चलिरहेको दाबी गरे । ‘तीन वर्षसम्म पार्टी हलचल हुन सकेन । तर अहिले दुई वटा नटबोल्ट खिया लागेर झरेपछि पार्टी यसरी चलेको छ,’ उनले आफ्नो पक्षमा माहोल रहेको संकेत गर्दै भने ।

पार्टीको विधि र संविधान अनुसार आफूहरुले पार्टी चलाइ रहेको पनि ओलीले बताए । उनले प्रचण्ड–नेपाल समूहले आन्दोलनको घोषणा गरेको आफूलाई जानकारी रहेको उल्लेख गर्दै तर त्यो आन्दोलनको औचित्य नभएको बताए ।