काठमाडौंमा राप्रपाद्वारा सरकारविरुद्ध प्रदर्शन

काठमाडौं । सरकारको असफलता, भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रणलगायतका विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा प्रदर्शन गरेको छ ।

Advertisement

काठमाडौंको भृकुटीमण्डपदेखि रत्नपार्क शान्तिवाटिकासम्म प्रदर्शन गरेको राप्रपाले शान्तिबाटिकामा सभा गरेको छ ।

पार्टीको झण्डा, राष्ट्रिय झण्डा र हिन्दु धर्मप्रति आस्था राख्ने विभिन्न समूहको झण्डा लिएर प्रदर्शनकारीहरुले विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनपछि शान्ती बाटिकामा हुने सभामा राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।