May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

टोपबहादुर रायमाझी, प्रभु साह र मणि थापा मन्त्री बन्दै

काठमाडौं । प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीहरू थपेका छन्। ओलीले मन्त्रिपरिषद बिस्तार गरेपछि नयाँ मन्त्रीहरु सहित मन्त्रिपरिषद बैठक बस्ने भएको छ ।

Advertisement

नयाँ थपिएका मन्त्रीहरूको शुक्रबार साँझ राष्ट्रपति कार्यालय शितल निवासमा सपथ हुने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। प्रतिनिधि सभा विघटनपछि ओली सरकारमा रहेका सात जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए।

आज प्रभु साह, टोपबहादुर रायमाझी र मणि थापा मन्त्री बन्न लागेका हुन्। साह केही दिनअघिसम्म प्रचण्ड-नेपाल समूहको बैठकमा सहभागी थिए। पार्टीमा दुई अध्यक्ष भएपछि उनले त्यसको विरोध गरेका थिए।

प्रधानमन्त्री ओलीले आज अरू पनि मन्त्री थप्न सक्ने स्रोतले जानकारी दियो।यसअघि साँझ ६ बजे बस्ने भनिएको बैठक मन्त्रीहरुको नाम तय हुन ढिलाई भएका कारण सरेको हो ।प्रधानमन्त्रीले प्रचण्ड–माधव नेपाल समूहका रहेका कतिपय नेताहरुलाई आफूतिर ल्याएर मन्त्री बनाउन लागेको बताइएको छ ।