नेप्से परिसूचक ७१ अंकले बढ्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा उच्च अंकको सुधार देखिएको छ ।

केही दिन यता लगातार घटेको बजार सरकारले ल्याएको प्रतिस्थापन बजेट पछि ७१ अंकले सुधार भएको हो । परिसूचक ७१ दशमलव ७१ दशमलव ४३ अंकले बढेर २ हजार ९ सय ४७ दशमलव ४२ अंकमा पुगेको छ ।
उता ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ४३ प्रतिशतले बढेको छ । कारोबार रकम ९ अर्ब ४४ करोड रुपैयाँ नाघेको छ ।

Advertisement