May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

सबै तहका सरकार व्यवस्थित हुन सकेको छैन : मुख्यमन्त्री शाही


कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले वर्तमान समयमा तिनै तहको सरकार व्यवस्थित हुन नसकेकाे बताएका छन् । बिहीबार जिल्लाका कर्मचारी र स्थानीय सरकारसँग अन्तरक्रियात्मक छलफलमा उनले यस्तो बताएका हुन् ।

Advertisement

मुख्यमन्त्री शाहीले तीनै तहकाे सरकार आफ्नै पारामा चलेकाले बजेट दुर्घटना हुने देखिएको बताए । संघको योजना प्रदेशले थाहा नपाउने, प्रदेशका योजना अरू सरकारले थाहा नपाउँदा बजेट दुर्घटनाको सम्भावना बढेकाे उनकाे तर्क थियाे । बजेट दुर्घटनाले ठूलाे रकम फ्रिज हुने भन्दै उनले यस्ता काम राेक्नु पर्ने बताए । उनले भने, ‘बजेट समयमा नै कार्यान्वयन नहुँदा विकास कार्य एक वर्ष पछि सर्छ, जसलाई ध्यान दिनु आवश्यक छ ।’

‘पछिल्लो समय स्थानीय तहमा विकासभन्दा आफ्नो गोजीमा पैसा पार्नका लागि योजना माग गर्न आउने धेरै भए,’ उनले भने, ‘अनेक बहानामा योजना देखाएर पैसा माग्न आउनेहरूले आफ्नाे खर्च चलाउने गरेकाे छ ।’

मुख्यमन्त्री शाहीले कामलाई पारदर्शी बनाउन जिल्लास्थित कार्यालयहरूले कार्य प्रगति र समस्याबारे प्रदेश सरकारलाई लिखित रुपमा जानकारी गराउनु पर्नेमा जोड दिए । उनले कार्य प्रगति प्रतिवेदनका आधारमा थप सहकार्य गर्न सहज हुने बताए ।नयापत्रीका साभार