१४ बालबालिकाको मृत्यु

केन्याको राजधानी नाइरोबीस्थित काकामेगा प्राइमरी स्कुलमा भागदौड मच्चिँदा १४ जनाको मृत्यु भएको छ।

सोमबार दिउँसो भागदौड मच्चिएको थियो। साँझ करिब पाँच बजे कक्षा कोठा छोडेर विद्यार्थीहरू घर फर्केने क्रममा भागदौड मच्चिएको हो। शिक्षा मन्त्री जोर्ज मागोहाले १४ बालबालिकाको ज्यान गएको पुष्टि गरेका छन्।

त्यस्तै, ४० अन्य विद्यार्थीहरू घाइते समेत भएको बिबिसीले जनाएको छ।

Advertisement