भारतमा थप एक लाख ६१ हजार संक्रमित, १७ सयको मृत्यु

भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप एक लाख ६१ हजार तीन सय ८६ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार सोही अवधिमा कोरोनाकै कारण एक हजार सात सय ३३ जनाको मृत्यु भएको छ ।

भारतको संघीय स्वास्थ्य मन्त्रालयले पछिल्ला केही दिनदेखि दैनिक संक्रमित र मृतकहरूको संख्या निरन्तर घट्दै गइरहेको जनाएको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमितहरूको संख्या चार करोड १६ लाख ३० हजार आठ सय ८५ पुगेको छ । त्यसैगरी अहिलेसम्म कुल मृतकको संख्या चार लाख ९७ हजार नाै सय ७५ पुगेको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।

एउटै अवधिमा नयाँ संक्रमितहरूको संख्याभन्दा संक्रमणमुक्त भएकाहरूको संख्या धेरै भएकाले सक्रिय संक्रमितहरूको संख्या घट्दै गइरहेको छ । भारतमा पछिल्लो एक दिनमा दुई लाख ८१ हजार एक सय नाैजना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।

Advertisement