April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

यस्तो छ ‘भिजिट भिसा’मा खाडी मुलुक भ्रमण गर्न मापदण्ड, को–को जान पाउँछन् ?

गृह मन्त्रालयले भिजिट भिषामा खाडी र मलेसिया जान रोक लगाउने निर्णय ‌संशोधन गरेको छ। कोभिड–१९ ओमिक्रोन भेरियन्ट संक्रमणका कारण सरकारले माघ १० बाट खाडी मुलुकमा भिजिट भिसामा जान रोक लगाएको थियो । तर, आइतबार गृह मन्त्रालयले फेरि अर्को सूचना जारी गरेर भिजिट भिसामा जानका लागि मापदण्ड तोकेको हो ।

खाडी राष्ट्रहरु बाहेक कम्तिमा दुईवटा अरु मुलुकमा पर्यटकको रुपमा भ्रमण गरेका व्यक्तिहरुलाई पनि भिजिट भिसामा जान पाउने भएका छन् । वार्षिक न्यूनतम ६ लाख करयोग्य आय भएर ३ लाख रकम बैंक खातामा हुनेहरूलाई पनि भिजिट भिसामा जाने दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगार व्यवसायको बजार प्रबर्द्धनको लागी जाने म्यानपावर व्यवसायीहरु पनि भिजिट भिसामा मलेशिया लगायतका खाडी राष्ट्रमा भिजिट भिसा लिएर जान पाउनेछन ।

 

Advertisement