घानाको एक शहरमा शक्तिशाली विस्फोट हुँदा कैयौं घर ध्वस्त, १७ जनाको मृत्यु, ५९घाइते

काठमाडौं । अफ्रिकी देश घानामा शक्तिशाली विस्फोट भएको र विस्फोटमा परेर कयौँको ज्यान गएको अनुमान गरिएको छ । अहिलेसम्म १७ जनाको शव भेटिएको त्यहाँका एक अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

तर, प्रहरीले ज्यान गुमाएकाहरुको बारेमा औपचारिक जानकारी गराइसकेको छैन । घानाको एपीएटमा भएको शक्तिशाली विस्फोटमा  परेर ५९ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार सुन खानीको रुपमा चिनिने सहरमा विष्फोट भएको हो । खानीका लागि आवश्यक विष्फोटक पदार्थ बाकेको गाडी मोटरसाइकलसँग ठोक्किएपछि विष्फोट भएको खबरमा उल्लेख छ ।

Advertisement