भारतमा २ लाख ५८ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख ५८ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या आइतबारको तुलनामा १३ ह‍जार ११३ ले कम हो। आइतबार २ लाख ७१ हजार २०२ जनामा संक्रमण पुष्टि भएको थियो।

सोही समयमा १ लाख ५१ हजार ७४० संक्रमित संक्रमणमुक्त भएका छन् भने ३८५ संक्रमितको मृत्यु भएको छ। ओमिक्रोनबाट संक्रमित हुनेको संख्या भारतमा ८ हजार २०९ पुगेको छ।

भारतमा हाल १६ लाख ५६ हजार ३४१ सक्रिय संक्रमित रहेका छन्। ३ करोड ५२ लाख ३७ हजार ४६१ संक्रमित हालसम्म संक्रमणमुक्त भएका छन् भने ४ लाख ८६ हजार ४५१ संक्रमितको मृत्यु भइसकेको छ।

Advertisement