एकै दिनमा भारतमा २ लाख ६४ हजार बढीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । भारतमा कोरोना संक्रमणदर दिनहुँ तीव्र गतिमा बढिरहेको छ । यहाँ पछिल्लो २४ घण्टामा दुई लाख ६४ हजार सङ्क्रमित थपिएका छन् ।

यो अघिल्लो दिनको तुलनामा ६ दशमलव ७ प्रतिशतले बढी हो । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै सङ्क्रमितको सङ्ख्या तीव्र बढेको हो ।

भारतमा कूल सङ्क्रमितमध्ये ३ दशमलव ४८ प्रतिशत सक्रिय सङ्क्रमित छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा कोभिडबाट ३१५ जनाको मृत्यु भएको छ । कोभिडबाट केरला, महाराष्ट्र र नयाँ दिल्ली सबैभन्दा बढी प्रभावित छन् ।

Advertisement