भारतमा कोरोना संक्रमण तीव्र: साढे २ लाख संक्रमित थपिए, ओमिक्रोनका ५ हजार नाघे

काठमाडौं। भारतमा कोरोना संक्रमणको गति तीव्र गतिमा बढिरहेको छ। पछिल्लो २४ घण्टामा २ लाख ४७ हजार ४१७ संक्रमित थपिएका छन्। योसँगै भारतमा सक्रिय संक्रमितको संख्या ११ लाख १७ हजार ५३१ पुगेको छ।

Advertisement

नयाँ कोरोना संक्रमितको संख्या बुधबारको तुलनामा २७ दशमलव १ प्रतिशत बढी छ। गत बुधबार १ लाख ९४ हजार ७२० जनामा संक्रमण पुष्टि भएको थियो। पछिल्लो २४ घण्टामा १ लाख ६२ हजार २१२ सक्रिय संक्रमित वृद्धि भएका छन्।

महाराष्ट्रमा सबैभन्दा धेरै संक्रमित केसहरू पुष्टि भएको छ। महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ४६ हजार ७२३ नयाँ कोरोना संक्रमित थपिएका छन्। यसपछि दिल्लीमा २७ हजार ५६१, पश्चिम बंगालमा २२ हजार १५५, कर्नाटकमा २१ हजार ३९० र तमिलनाडुमा १७ हजार ९३४ केसहरू रिपोर्ट गरिएका छन्।

पछिल्लो २४ घण्टामा ४८१ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कूल मृत्यु हुनेको संख्या ४ लाख ८४ हजार ८५९ पुगेको छ। केरलामा सबैभन्दा बढी ३०० जनाको मृत्यु भएको छ भने दिल्लीमा ४० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा कुल ८४ हजार ८२५ संक्रमित निको भएसँगै देशभर निको हुनेको संख्या ३ लाख ४७ लाख १५ हजार ३६१ पुगेको छ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको रिपोर्ट अनुसार भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ५ हजार नाघेको छ।

हालसम्म भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका ५ हजार ४८८ केस दर्ता भएका छन्। महाराष्ट्र १ हजार २८१, राजस्थान ६४५ र दिल्लीमा ५४६ ओमिक्रोन संक्रमित भेटिएका छन्।