कोरोना बढेपछि भारतमा १५ जनवरीसम्म चुनावी र्‍यालीमा रोक

काठमाडौं । भारतमा ५ राज्यको विधानसभा निर्वाचन कार्यक्रम घोषणासँगै चुनावी कार्यक्रममा रोक लगाइएको छ।कोरोना संक्रमण तीव्र रुपमा बढेपछि निर्वाचन आयोगले १५ जनवरीसम्मका लागि चुनावी र्‍यालीमा रोक लगाएको हो।

आयोगका अनुसार १५ जनवरीसम्म कुनै पनि प्रकारको रोड शो, र्‍याली, पदयात्रा, साइकल र स्कुटर र्‍याली गर्न पाइनेछैन। दलहरुले भर्चुअल र्‍यालीमार्फत् चुनाव प्रचार गर्नुपर्नेछ।

विजय भएपछि पनि कुनै पनि प्रकारको विजय जुलुस पनि निकाल्न पाइनेछैन। १५ जनवरीपछि आयोगले आफ्नो आदेशको समीक्षा गर्ने बताइएको छ।

Advertisement