भारतको कस्मीरमा भएको मुडभेडमा ६ जना मारिए

काठमाडौं । भारतको जम्मू–कस्मीरमा बुधबार राति  भएको मुडभेडमा दुई जना पाकिस्तानीसहित ६ जना मारिएको कस्मीरस्थित पुलिसले जनाएको छ । बुधबार जम्मू–कस्मीरका अलग–अलग दुई स्थानमा सुरक्षाकर्मी र चरमपन्थीबीच भएको मुडभेडमा जैश–ए–मोहम्मदका ६ जना चरमपन्थी मारिएको प्रहरीको दाबी छ ।

Advertisement

मुडभेडमा मारिने चार जनाको पहिचान खुलेको छ । प्रहरीका अनुसार दुई जना पाकिस्तानी र दुई जना स्थानीय चरमपन्थी मारिएका छन् ।

मुडभेडमा एक जना प्रहरी घाइते भएको बीबीसी हिन्दीले जनाएको छ । बुधबार रातिदेखि कुलगाम जिल्लाको नौगाम, अनन्तनाग र मिरहमामा सुरक्षाकर्मीले कारबाही गरिरहेका छन् ।

सोही क्रामा सुरक्षाकर्मी र जैश–ए–मोहम्मदका चरमपन्थीबीच मुडभेड भएको थियो । कस्मीर प्रहरीले पछिल्लो कारबाहीलाई  ठूलो सफलता भनेको छ ।

‘मारिएका आतंकवादीमध्ये चार जनाको पहिचान भएको छ र यसमध्ये दुई जना पाकिस्तानी र दुई जना स्थानीय आतंकवादी रहेका छन्’ कुमारले थपे, ‘अन्य दुई जना आतंकवादीको पहिचान हुन बाँकी छ र यो हाम्रा लागि ठूलो सफलता हो ।’