बंगलादेश आगलागी अपडेट : मृतकको संख्या ३६ पुग्यो

काठमाडौं । बंगलादेशको एक डुंगामा आगलागी हुँदा ज्यान गुमाउनेको संख्या ३६ पुगेको छ । राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा अवस्थित झाकाकाथीमा शुक्रबार विहान आगो लागेको हो ।

Advertisement

दुर्घटनाग्रस्त फेरीमा ५०० जना यात्रु थिए । ‘तीन तले सो फेरी नदीकोको बीचमा आगो लागेको थियो । आगलागीमा जलेका ३६ जनाको शव फेला पारेका छौँ । मृतकको संख्या अझै बढ्न सक्छ । ’ स्थानीय प्रहरी प्रमुख मोइनुस इस्लामले भने । आगो लागेपछि कोही नदीमा हाम फालेका थिए ।

फेरीमा आगो लागेर घाइते १०० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बंगलादेशमा बारम्बार फेरी दुर्घटनामा पर्ने गरेका छन् ।

मर्मतसम्भारको अभाव, न्यून सुरक्षा र क्षमताभन्दा बढी यात्रुका कारण फेरी दुर्घटनामा परेको विज्ञहरु बताउदै आएका छन् ।