चीनको सियानमा फेरि लकडाउन

काठमाडौं । चीनको सियान शहरमा फेरि लकडाउन भएकोे छ । कोभिड १९ को संक्रमण फैलिएपछि १३ मिलियनभन्दा बढी जनसंख्या रहेको शहरमा मानिसहरुलाई घरमा नै बस्न निर्देशन दिइएको हो ।

Advertisement

९ डिसेम्बरयता सियानमा १४३ जनामा संक्रमण पुष्टि भइसकेको छ । त्यसैले हाल दैनिक लाखौंको संख्यामा शहरमा कोरोना परीक्षण हुँदै आएको छ ।

बुधवार जारी नयाँ नियम अन्तर्गत एक घरबाट दुईदिनमा जम्मा एकजनामात्रै दैनिक उपभोग्य वस्तु किन्न जान पाउनेछन् । अत्यावश्यक कामका लागि बाहेक कसैलाई पनि बाहिर निस्कन स्थानीय अधिकारीहरुको स्वीकृति चाहिन्छ ।

विश्वभर ओमिक्रोन संक्रमण फैलिरहँदा चीनले संक्रमणको ’आउटब्रेक’ हुन रोक्न ’जिरो कोभिड स्ट्राटिजी’ अपनाएको छ । सन् २०२२ को फेब्रुअरीमा चीनमा हुने ’विन्टर ओलम्पिक’लाई मध्यनजर गर्दै चीन ’हाइ अलर्ट’मा रहेको छ ।