थप १२ हजार बढीमा कोरोना संक्रमण, एकैदिन ८ जनाको मृत्यु

काठमाडौं। नेपालमा थप १२ हजार बढीमा कोरोना संक्रमण देखिएको छ। देशभरि २५ हजार ९०९ जनाको नमुना परीक्षण गर्दा १२ हजार ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ३ हजार ४० जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप ८ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ पुगेको मन्त्रालयले जनाएको छ।

Advertisement