पार्टी फुटाउन खुमलटारमा मात्रै २८० बैठक बसेछ,बाहिर ३५ वटा बैठक बस्यो

काठमाडौं, पुस १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार काठमाडौंमा आफ्नो समूह निकट विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै कुनै हालतमा संसद पुनर्स्थापना नहुने दाबी गरे ।

Advertisement

साथै ओलीले पार्टी फुटाउन खुमलटारमा २८० वटा बैठक बसेको पनि बताएका छन्।उनले त्यसबाहिर अरू ३५ वटा बैठक बसेको पनि बताएका छन्।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेतृत्व र प्रधानमन्त्रीलाई खुल्याउन तथा पार्टी फुटाउन बैठकहरू भएको बताएका हुन्।कतिपय व्यक्ति तथा शक्तिले चुनाव हुँदैन भनेर भ्रम फिजाउन खोजेको उनले दाबी गरे ।

त्यस्ता भ्रममा नपर्न आग्रह गर्दै उनले भने, चुनाव वैशाख १७ र २७ गते हुन्छ । यस चुनावलाई टाल्न, पर सार्न वा अलमल्याउन कसैले सक्ने छैन । भेलालाई सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष समेत रहेका उनले कुनै हालतमा संसद पुनर्स्थापना नहुने दाबी गरे ।