May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

पछिल्ला राजनीतिक तथा संवैधानिक घटनाक्रमले जनतामा नैराश्य छाएको छ: उपराष्ट्रपति पुन

काठमाडौ- उपराष्ट्रपति नन्दबहादुर पुनले देशमा विकसित पछिल्ला राजनीतिक तथा संवैधानिक घटनाक्रमले जनतामा नैराश्य छाएको बताएका छन् ।

Advertisement


तमु ल्होसार शुभकामना सन्देशमा उपराष्ट्रपति पुनले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्णपालन र संरक्षण अनिवार्य रहेको पनि बताएका छन् ।

संविधानको मर्म र भावनाको सम्मान गर्दै त्यसको पूर्णपालन, संरक्षण, राजनीतिक स्थायित्व र देश विकासका लागि जनतामा नयाँ आशा जगाउन सबै पक्ष उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने र उपलब्धिको रक्षार्थ जनताले पनि सचेततापूर्वक आफ्नो दायित्व पूरा गर्नुपर्ने उनले उल्लेख गरेका छन् ।

सन्देशमा भनिएको छ, ‘नेपाली जनताले सात दशक लामो सङ्घर्षपछि प्राप्त गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालाई नयाँ संविधानले संस्थागत गरेपछि राजनीतिक स्थायित्व हासिल भएको र देश विकास, समृद्धिको मार्गमा दु्रत गतिमा अगाडि बढ्नेमा पूर्ण विश्वस्त छौँ ।’

नेपालका सबै समुदायका आ–आफ्नै मौलिक पहिचानसहितका भाषा, धर्म, संस्कार, संस्कृति र धार्मिक एवं सांस्कृतिक चाडपर्व रहेको र विभिन्न समुदायमा मौलिकताका साथ मनाइने चाडपर्व नेपालीको साझा चाडपर्व भएको उनको भनाइ छ ।