जागिरबाट निकालिएको रिसमा कम्पाउन्डरले महिला डाक्टरको सिउँदोमा सिन्दूर हाले

एजेन्सी। अस्पतालमा कम्पाउन्डरको रुपमा काम गरिरहेका एक युवकलाई अस्पताल संचालक महिला डाक्टरले जागिरबाट निकालिदिएपछि त्यही रिसमा उनले महिला डाक्टरलाई जबरजस्ती सिन्दूर हालिदिएका छन् ।

Advertisement

भारतीय मिडियाका अनुसार घटना बिहार राज्यको समस्तीपुरको हो । जिल्लाको दलसिंहसराय प्रखण्डकी प्रभारी चिकित्सा अधिकारीको सिउँदोमा उनकै कम्पाउन्डरले जबरजस्ती सिन्दुर हालिदिएर फोटो र भिडियो समेत भाइरल गराएका छन् ।

जानकारीका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रकी प्रभारी चिकित्सा अधिकारी अणिमा रंजनले नजिकै निजी अस्पताल पनि चलाउँछिन् । उनको अस्पतालमा बम्बइया गाउँमा सुमित कुमार कम्पाउन्डरका रुपमा काम गर्थे ।

केही दिनअघि महिला डाक्टरले उनलाई जागिरबाट निकालिदिएकी थिइन् । जागिर गएका कारण रिसाएका सुमितले बदला लिनको लागि यस्तो गरेका थिए ।

कम्पाउन्डर सुमितले जबरजस्ती महिला डाक्टरको कार्यकक्षमा पसेर सिन्दुर हालिदिएर फोटो र भिडियो बनाए । महिला डाक्टरले यस विषयमा पुलिसमा उजुरी दिएकी छिन् ।

पीडित महिला चिकित्सकले सामाजिक संजालमार्फत कम्पाउन्डरविरुद्ध पुलिसमा उजुरी दर्ता गरेको बताएकी छिन् तर क्यामेराअगाडि कुनै बयान दिन अस्वीकार गरेकी छिन् । पुलिस एसपी मानवजित सिंह ढिल्लोले उजुरी दर्ता गरिएको पुष्टि गरेका छन् ।