May 8, 2024, Wednesday
२६ बैशाख २०८१, बुधबार

आँखीभौँ छेड्दा किशोरीको अनुहार बेलुनजस्तै फुल्यो , एक हप्ताभित्रै मृत्यु

एजेन्सी। आफ्नै घरमा आँखीभौँ छेडेका कारण स्कूलमा पढ्दै गरेकी एक किशोरीको मृत्यु भएको छ ।

Advertisement

१५ वर्षे इसाबेला इड्वार्डा सुसाले घातक संक्रमणको सामना गर्नुपर्यो जसका कारण उनको अनुहार बेलुन झैं सुन्नियो भने उनका आँखा यति धेरै सुन्निए कि ती सधैंका लागि बन्द हुन बाध्य भए ।

उनले ब्राजिलको मिनास गेराइ प्रान्तस्थित आफ्नो घरमा एक साथीको सहायताले आँखीभौँ छेडेकी थिइन् ।

ती किशोरीले आँखाीभौँ छेड्नका लागि आफ्ना आमा–बुवा र आफन्तसँग अनुमति लिएकी थिइन् तर यसका लागि कसैले पनि अनुमति भने दिएका थिएनन् ।

आँखीभौँ छेडेको तीन दिनपछि इसाबेलामा निकै डरलाग्दा लक्षण देखिन थाले ।

उनको आँखा वरिपरिका भाग असाध्यै सुन्निएपछि अस्पताल पुर्याइयो जहाँ उनलाई चार पटक हृदयघात भयो ।

उनको शरीरले बाहिरको वस्तुलाई स्वीकार गरेन तसर्थ उनको स्वास्थ्य दिनप्रतिदिन खस्कियो ।

त्यसपछि उनलाई थप सुविधा सम्पन्न अस्पतालमा पुर्याइयो जहाँ उनलाई एक हप्तासम्म भेन्टिलेटरमा राखियो ।

तर उनलाई बचाउन सकिएन । घटनाले उनको परिवारलाई विक्षिप्त बनायो ।

उनको मृत्युपछि उनकी काकी जुर्सिनी डि सुसाले भनिन्, ‘यो एउटी काकीको अनुनय बिन्ति हो जसले हालै एक अति नै सुन्दर र विशेष छोरी गुमाएकी छिन् ।’

‘आफ्ना आमाबुवाले भनेको मान्नुहोस्, काका–काकीले भनेको पनि सुन्नहोस् र आफ्ना हजुरबुवा–आमाको कुरालाई खेर जान नदिनुहोस् ।’

डाक्टरका अनुसार इसाबेला बाँचेकी भए पनि उनको दृष्टि गुम्न सक्दथ्यो जहाँ उनले छेडेकी थिइन् ।

स्वास्थ्य अधिकारीले यस्ता जति पनि कुराहरु लाइसेन्स प्राप्त क्लिनिक वा विज्ञमार्फत् नै गराउनुपर्ने सल्लाह दिएका छन् ।