नोबेल कोरोना भाइरस के हो ?

लक्षण र जटिलताहरु
प्रारम्भिक लक्षणहरू जस्तै ज्वरो, सुख्खा खोकी, मायाल्जिया (मांसपेसी दुख्ने) थकान हो । त्यसैगरी उत्पादनशील खोकी (जसले कफ उत्पादन गर्दछ) र असामान्य तरिकाले टाउको दुख्ने, हेमोप्टाइसिस (खोकीसँगै रगत देखिने) र झाडापखाला कहिलेकाहीँ हुन्छ । अन्य जटिलताहरूमा निमोनिया, सेप्टिक सक, किड्नी फेल्लियर, कार्डियक इन्जुरी देखिन्छन् ।

Advertisement

भाइरस कसरी फैलिन्छ र सर्छ ? कोरोना भाइरसहरूको ठूलो परिवार भएकाले यसले मानिसको तल्लो श्वासप्रश्वास नलीमा सङ्क्रमण गर्छ । इन्फ्लुएन्जा जस्तै, यो कोरोना भाइरस दुवै प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कमा फैलिन्छ । प्रत्यक्ष सम्पर्कः जस्तै नजिकको सम्पर्कको माध्यमबाट साथी र परिवारबीच सूक्ष्मजीवको शारीरिक हस्तान्तरण, चुम्बन, र्‍याल आदिका माध्यमबाट हुन्छ भने अप्रत्यक्ष सम्पर्क चाहिँ सङ्क्रमित व्यक्ति खोक्दा वा हाछ्युँ गर्दा, सङ्क्रमित व्यक्तिले छोएको ठाउँमा छँुदा सर्ने गर्दछ । यो भाइरस कुनै एक प्रजातिको जीवबाट अर्को प्रजातिमा सर्ने र यसरी सर्दासर्दै यो मान्छेसम्म पुग्ने गरेको छ ।

वैज्ञानिकहरुले अझै पनि यो रहस्यमय भाइरसको सङ््क्रमण कसरी र कति चाँडो फैलिन्छ भन्न यकिन नभए पनि अन्दाजकै भरमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ भनेका छन् ।

जोखिम प्रभावित क्षेत्रहरूमा यात्रा गरिरहेका व्यक्ति र सङ्क्रमित केसहरूसँग सम्पर्क रहेको व्यक्ति, चिकित्सक तथा स्वास्थ्यकर्मी आदि जोखिममा हुन्छन् । मधुमेह, किड्नी फेलेएर, मुटु रोग, एचआईभी, क्यान्सर, रोग प्रतिरक्षात्मक प्रणाली कमजोर भएका, बाल बच्चा, वृद्धहरू बढी जोखिममा हुन सक्छन् । यो रोग लाग्दैमा बिरामीको मृत्यु हुँदैन ।

रोकथाम के छ ?
नयाँ उहानमा कोरोना भाइरसको खोप छैन । कुनै पनि एन्टिभाइरल औषधि कोरोना भाइरस विरुद्ध प्रभावकारी सावित भएको छैन । यसको कुनै उपचार छैन तर यो भाइरसले निम्त्याएका धेरै लक्षणको उपचार मात्र गर्न सकिन्छ । यो रोग लाग्दैमा बिरामीको मृत्यु हुँदैन । यो रोग लाग्न नदिनका लागि निम्नलिखित कुरा ध्यान दिनु आवश्यक छ ।

कम्तीमा २० सेकेन्डका लागि साबुन र पानीले हात धुने । साबुन र पानी उपलब्ध छैन भने अल्कोहोल रहित सेनिटाइजर प्रयोग गर्ने
मास्क रोकथामका लागि उपयोगी : उपलब्ध नभएको खण्डमा सजिर्कल मास्क प्रयोग गर्ने
–खोक्दा र हाच्छ्युँ गर्दा नाक र मुख टिस्यु पेपर वा सफा कपडाले छोप्ने,
–जथाभावी छोएका हात, आँखा, मुखमा नलाने
–रुघा, खोकी लागेका व्यक्तिको नजिक नजाने
–आफू बिरामी भएको बेला घरमा बस्ने
–जङ्गली तथा घरेलु पशुपन्छीहरूसँग असुरक्षित सम्पर्कबाट टाढा रहने,
–पशुजन्य मासु र अन्डा राम्रोसँग पाकेको मात्र खाने,
–बिरामी मानिसको सम्पर्कभन्दा टाढै बस्ने,
–प्रशस्त मात्रामा झोलिलो पदार्थ पिउने, सागसब्जी, फलफूल, गेडागुडी आदि खाने
–भिडभाड जस्तै– अस्पताल, सिनेमा घर, सार्वजनिक ठाउँ, सार्वजनिक यातयात, सपिङ मल आदिमा नजाने,
–फ्लुजस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने

अन्तै बाट

(लेखक चीनमा प्रसूति तथा स्त्री रोग विशेषज्ञ अध्यनरत हुन् ।)