May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

नेपालमा थप २८० मा सङ्क्रमण पुष्टि, दुईको मृत्यु

पछिल्लो २४ घण्टामा थप २८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा १२ हजार १७४ जनाको पीसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २३ हजार ३५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै एन्टिजेन विधिबाट परीक्षण गर्दा ९५ हजार ६८७ मा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय थप ३३६ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै आठ लाख पाँच हजार ५७१ सङ्क्रमणमुक्त भएका छन् ।

दुईको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४५ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १।४ प्रतिशत छ । त्यसैगरी पछिल्लो समय दुई लाख लाख ८३ हजार १३२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार २३९ छ । हाल होम आइसोलेशनमा पाँच हजार २१३, संस्थागत आइसोलेशनमा ३२६, सघन उपचार कक्षमा ११८ र भेन्टिलेटरमा २९ जनाको उपचार भइरहेको छ ।
–––

Advertisement