April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

बढ्यो कोरोना सङ्क्रमण , ३,८९९ जना थपिंदा १,७७८ जना डिस्चार्ज, २० जनाको मृत्यु

नेपालमा ३ हजार ८९९ कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

१७ हजार ५१८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७२६ जना र एन्टिजेन विधिबाट १ हजार १७३ जना संक्रमित थपिएका हुन् । हालसम्म पीसीआर विधिबाट ६ लाख ८५ हजार ६७३ जना र एन्टिजेन विधिबाट ५७ हजार १४४ जना संक्रमित भइसकेका छन् ।

नेपालमा कोरोना संक्रमित हुनेको संख्या दिनदिनै उकालो लागिरहेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा थप ३ हजार ८९९ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ भने यही अवधिमा थप १ हजार ७७८ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै, कोभिड–१९ को सङ्क्रमणबाट थप २० जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ७५८ पुगेको छ । नेपालमा यस रोगबाट मृत्यु दर १.५ प्रतिशत रहेको छ ।

हालसम्म देशभर ३५ लाख ६३ हजार ९७८ नमुनाको पीसीआर परीक्षण भएको छ ।