May 11, 2024, Saturday
२९ बैशाख २०८१, शनिबार

बुटवलमा कोरोना संक्रमितको मृत्यु

काठमाडौं । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा एकजना कोरोना संक्रमित मृत्यु भएको छ ।

Advertisement

लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा बुटवल उपमहानगरपालिका–८ की ४२ वर्षीया महिलाको शुक्रबार बिहान ११ः४५ बजे मृत्यु भएको हो ।

मृतक महिलालाई ५ पुसमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ ।

ज्वरोका साथै स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई १० पुसमा अस्पताल भर्ना गरिएको थियो ।