May 3, 2024, Friday
२१ बैशाख २०८१, शुक्रबार

घरभित्र यी ७ सामान नराख्नुहोस् , वास्तु दोष निम्त्याउन सक्छ

वास्तुशास्त्र अनुसार घरभित्र निम्न चिज हरु भए वास्तु दोष निम्त्याउन सक्छ । यी सामाग्रीलाई घरभित्र राख्नु अशुभ मानिन्छ ।

Advertisement

१. टुटफुट भाँडाकुडाँ

घरभित्र टूटफुट, चर्किएको, बांगिएको भाँडाकुडाँ राख्नु राम्रो मानिदैन । यस्ता भाँडाकुडाँ घरभित्र हुनु अशुभ मानिन्छ ।

२. चर्किएको वा फुटेको काँच

चर्किएको वा फुटेको काँच घरभित्र भएमा यसलाई तुरुन्त घरबाहिर निकाल्नुहोस् । यस्ता काँचले वास्तु दोष निम्त्याउने र मानसिक तनाव बढाउने गर्दछ ।

३. फाटेका जूत्ताचप्पल

फाटेको जूत्ताचप्पल लगाउनु त्यसै पनि राम्रो हुदैँन यसले मानिसको ब्यक्तित्वमा असर पार्दछ । यस अलावा वास्तु अनुसार च्यातिएको वा उपयोगहीन जूताचप्पल घरभित्र हुनाले नकारात्मकता र दुर्भाग्य निम्याउँछ ।

४. खण्डित मूर्ति
घरभित्र भुलेर पनि भाँचिएको, खण्डित वा चर्किएको मूर्तिसमेत राख्नु हुदैन । यसले दैवीय आर्शिवाद समेत प्राप्त गर्न असहज हुन्छ भने घरभित्र राख्नु अशुभसमेत मानिन्छ ।

५.भाचिँएको फर्नीचर
भाचिँएको वा टूटफुट भएको फर्नीचर सामाग्रीलाई घरभित्र राख्नु अशुभ हुन्छ । यसले वैवाहिक जीवनमा कलह निम्याउने वास्तुशास्त्रको मान्यता छ । तसर्थ यस्ता सामाग्रीलाई सकेसम्म घरबाहिर राख्नु नै राम्रो हुन्छ ।

६. बिग्रिएका विद्युतीय सामान

बिग्रिएको वा काम नलाग्ने अवस्थामा पुगेका विद्युतिय सामान जस्तैः हिटर, टिभि, आइरन, लगायतका सामाग्री घरबाहिर राख्नुहोस् । यस्ता सामानले नकारात्मक ऊर्जा पैदा गर्दछ ।

७. बिग्रेको घडी
यदि घरमा कुनै बिग्रिएको, चर्किएको वा टुटफुट घडी छ भने यसलाई समेत घरभित्र नराख्नुहोस् । बिग्रिएको वा रोकिएको घडीले नकारात्मक ऊर्जा पैदा गरी परीवारका सदस्यको काममा अड्चन पैदा गर्दछ ।