कोरोनाभाइरसले मौसमी भाइरसको रुप समेत लिन सक्छ: अमेरिकी वैज्ञानिक

काठमाडौं चैत्र २४ । अमेरिकाका संक्रामक रोगका विशेषज्ञ एवम प्रख्यात वैज्ञानिक डा. एन्थोनी फाउसीले अहिले महामारीको रुपमा फैलिएको कोरोनाभाइरसले विस्तारै मौसमी संक्रमणको रुप समेत धारण गर्न सक्ने भन्दै आममानिसलाई थप तनावमा पारेका छन् । विश्वमा कोरोनाभाइरसको नियन्त्रण असम्भवजस्तै देखिएको समेत औल्याएका छन् भने ‘यस वर्ष पृथ्वीबाट कोरोनाभाइरसलाई उखेलेर फ्याँक्नु असम्भव जस्तै छ ।
डा. फाउसीका अनुसार अमेरिकामा अर्को फ्लुको मौसममा कोरोनाभाइरस फेरि फैलिन सक्ने खतरा छ । फाउसीका अनुसार कोरोनाभाइरस फेरि फर्किन सक्ने सम्भावनाकै कारण अमेरिका तीव्र गतिमा आफ्नो तयारीलाई बलियो बनाइरहेको छ । अमेरिकाले भ्याक्सिन विकसित गर्नेदेखि सम्भावित उपचारको सम्बन्धमा क्लिनिकल ट्रायल गरिरहेको उनले बताए । उनले जुन राज्यहरुले मानिसहरुलाई घरमा बने आदेश जारी गरिरहेका छैनन् उनीहरु देशलाई भन्दा धेरै आफैंलाई खतरामा पारिरहेको भन्दै सचेत बनाएका छन् ।

Advertisement