May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

श्रीमती अर्कै पुरुषसँग गाडीमा सुतेको देखेपछि श्रीमानले गाडीमै बम पड्काइदिए

काठमाडौँ ।   आफ्नी श्रीमतीलाई पिक अप गाडीमा अर्कै पुरुषसँग सुतेको देखेपछि एक श्रीमानले पेट्रोल बम हानेर गाडी नै उडाइदिएर उनीहरुसँग बदला लिएका छन् । त्यहाँको सिसिटिभी फुटेजमा बम हानेपछि ती श्रीमान भाग्दै गरेको देख्न समिने समाचारमा जनाइएको छ ।

Advertisement

थाइल्याण्डमा भएको घटनामा ती व्यक्तिले मोलोतोभ ककटेलको बम बनाएर गाडी उडाइदिएका थिए ।पुलिसले ती आरोपी निवात चाङकायो भएको बताएको छ । उनले आफ्नी पत्नीको पिकअप गाडी एक पेट्रोल स्टेशनमा देखेका थिए र उनलाई अर्कै पुरुषसँग देखेपछि उनको रिसको पारो तातेको थियो ।

निवात त्यसपछि घरेलु बम लिएर आए र त्यो बम गाडीमा पड्काइदिए जहाँ उनकी श्रीमती र अर्का पुरुष सुतिरहेका थिए । सिसिटिभी फुटेजमा गाडी तत्कालै आगोको लप्काले घेरिएको र रातो कपडा लगाएका एक व्यक्ति भागिरहेको देख्न सकिन्छ । द सनको रिपोर्ट अनुसार विष्फोटपछि ती महिला २६ वर्षकी पत्तारापोन्ड कोंगसिडी र अर्का पुरुष सामान्य जलेको चोटसहित भाग्न सफल भएका छन् ।

उनका अनुसार आफ्ना नयाँ प्रेमीसँग फलफुल डेलीभरी गर्न जाने क्रममा उनीहरु त्यहाँ रोकेर आराम गर्दै थिए । उनले भनिन् ‘ऊ मेरो पूर्वपति हो । हाम्रो एक सन्तान छ । तर, उसले ड्रग्सको कारोबार गर्ने थाहा पाएपछि मैले उसलाई छोड्नुपर्यो ।’

पक्राउ परेका निवातले आफ्नो अपराध स्वीकार गरेका छन् । उनका अनुसार उनले पत्नीलाई त्यसरी अरुसँग देखेपछि उनलाई निकै नराम्रो लागेको थियो र पत्नी पनि उनको पैसा लिएर भागेकी थिइन् । निवातले स्थानीय मिडियालाई बताएअनुसार उनी लुकिरहेका थिएनन् बरु पक्राउ गर्न आउने पुलिसलाई कुरिरहेका थिए ।