इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुबारकको निधन

इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुबारकको ९१ वर्षको उमेरमा मंगलबार निधन भएको छ । ३० वर्षसम्म राष्ट्रपति रहेका होस्नी मुबारकले सन् १९८१ देखि सन् २०११ सम्म इजिप्टमा शासन सम्हालेका थिए।

इजिप्टको सरकारी टेलिभिजनका अनुसार लामो समयसम्म बिरामी रहेका उनका केही साताअघिदेखि शल्यक्रिया जारी रहँदै गर्दा उनको निधन भएको छ। मुबारकले सन् २०११ को क्रान्तिपछि राष्ट्रपतिबाटहटेका थिए।

मुबारकले इजिप्टको चौथो राष्ट्रपतिका रुपमा सन् १९८१ देखि पद सम्हालेका थिए।

Advertisement