कर्णालीमा मन्त्रिपरिषद् विस्तार : गैरसांसदसहित ५ मन्त्री थपिने
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकारलाई पूर्णता दिने भएका छन् ।
१६ कातिकमा मुख्यमन्त्री बनेका जीवनबहादुर शाहीले आफ्नै दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट मन्त्री नियुक्त गर्न लागेका हुन् ।
‘कुन दललाई कुन मन्त्रालय दिने भन्नेबारे छलफल भइरहेको छ’ मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव राज रोकायाले भने, ‘आजै बेलुकासम्म मन्त्रिपरिषद विस्तार हुन्छ ।’
नेपाली कांग्रेसबाट सुर्खेतका यज्ञबहादुर बिसी र दैलेखका हिमबहादुर शाही मन्त्री बन्ने छन् । बीसी यसअघि माओवादी केन्द्र नेतृत्वको सरकारमा सामाजिक विकासमन्त्री थिए भने प्रमुख सचेतक शाही पहिलो पटक मन्त्री बन्न लागेका हुन् ।
एकीकृत समाजवादीबाट जुम्लाका पदमबहादुर रोकाया मन्त्री भएका छन् ।
मुख्यमन्त्री शाहीले यसअघि माओवादीका सांसद विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजना मन्त्री र समाजवादीका प्रदेश सभा संसदीय दलका नेता चन्द्रबहादुर शाहीलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनाइसकेका छन् ।
प्रतिकृया दिनुहोस्